ढोका थुनेर जबरजस्ती गर्न खोज्दा फुत्किएर बाहिर निस्के : उर्फी जाबेद — OSNepal

ढोका थुनेर जबरजस्ती गर्न खोज्दा फुत्किएर बाहिर निस्के : उर्फी जाबेद

LC (KTM) August 08, 2022 0

इन्टरनेट सेन्सेसन उर्फी जावेद आफ्नो ग्ल्यामरस तस्विरका लागि जति चर्चित रहेकी छिन् त्यति नै अभिनेत्रीको खुलेर बयानको चर्चा पनि हुन्छ । इन्डिया टुडेलाई दिएको एक अन्तर्वार्तामा उर्फी जावेदले धेरै चकित पार्ने खुलासा गरेकि छिन् । अभिनेत्रीले आफ्नो विवाह, मुस्लिम धर्म, ट्रोलिङसँगै कास्टिङ काउचका बिषयमा पनि धेरै कुराहरुको खुलासा गरेकी छिन् ।

कास्टिङ काउचको मुद्धा ग्ल्यामरको दुनियामा नयाँ होइन । वर्षौंदेखि यसविरुद्ध आवाज उठ्दै आएको छ । उर्फीले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरेकी छिन् । आफु माथि त्यस्तो ब्यवहार गर्ने बलिउड उद्योगका ठूलै नाम चलेको ब्यक्ति रहेको समेत उनले बताएकी छिन् ।

उर्फी उद्योगमा पुरुषहरू बढी शक्तिशाली हुने विश्वास गर्छिन्। उर्फीले आफ्नो करियरको सुरुवाती चरणमा नै कास्टिङ काउचको सामना गर्नुपरेको बताइन् । अभिनेत्रीले भनिन्– अरु केटी जस्तै मैले पनि कास्टिङ काउचको सामना गरेकी छु । यो एक पटक भयो जब कसैले मलाई जबरजस्ती गरे तर म बाहिर निस्किएँ।

त्यसैले म आफूलाई भाग्यमानी ठान्छु । बलिउड उद्योगमा पुरुष बढी शक्तिशाली छन् । उनीसँग जुनसुकै बेला अस्वीकार गर्ने अधिकार छ, मैले उद्योगका केही ठूला नामबाट कास्टिङ काउचको सामना गरेको छु। म उसको नाम लिन चाहन्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर