राष्ट्रिय सभा सदस्य उपनिवार्चनको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान — OSNepal

राष्ट्रिय सभा सदस्य उपनिवार्चनको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

LC (KTM) May 12, 2021 0

मकवानपुर २९ बैशाख । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिवार्चनको लागि उम्मेदवारमा नाम दिएका नेकपा एमालेका नेता गृहमन्त्री रामबहादुर थापा,स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

आज बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ । चुनाव चिन्हमा थापालाई सूर्य,तामाङलाई मादल र देवकोटालाई कलम प्रदान गरिएको छ । — राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत् वाग्मती प्रदेशतर्फको रिक्त रहेका सदस्य पदमा जेठ ६ गते मतदान हुँदैछ । स्वतन्त्र उम्मेदवार भनिएका देवकोटालाई नेपाली कांग्रेस,माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा एमाले माधव नेपाल समूहको साथ दिएको छ ।

प्रदेश निर्वाचन आयोगको कार्यालयका सहायक निर्वाचन अधिकृत गोविन्द पौडेलले भने,‘हामीले अन्तिम नामावलीसमेत प्रकाश गरेका छौं ’, चुनाव चिन्ह प्रदान र अन्तिम नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयलाई पठाइसकेका छौं ।’काठमाडौंबाटै मतपत्र छापिएर आउँछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर