सूर्यविनायक गणेश मन्दिरमा अब हप्तैपिच्छे रक्तचाप र मधुमेह परीक्षण — OSNepal

सूर्यविनायक गणेश मन्दिरमा अब हप्तैपिच्छे रक्तचाप र मधुमेह परीक्षण

LC (KTM) August 09, 2022 0

भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिएको छ । क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरको सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत तथा सूर्यविनायक युथ क्लबका अध्यक्ष मजोज गिरीले रक्तचाप तथा रगत परीक्षण गराई शुभारम्भ गरिएको थियो ।

मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरुको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको हो । भक्तजनहरुको चाप बढी हुने प्रत्येक मंगलबारको विहान अवदेखि हप्तैपिच्छे शिविर सञ्चालन गर्ने योजना गरिएको छ । त्यस अनुरुप परीक्षण स्वरुप मंगलबार विहान ८ बजे देखि १० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिएको क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक संतोष पौडेलले जानकारी दिए । शिबिरमा विभिन्न उमेर समूहका ४० स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

गलत खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाब जस्ता कारणहरुले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गरेको विभिन्न सर्बेक्षणहरुले देखाउने गरेको छ । समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरु तथा जटिल रोगको शिकार हुन नपर्ने सम्बन्धित चिकित्सकहरु बताउँछन् । कम खर्चमा व्यवहारिक तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले रामदेवी कम्प्लेक्स्, गपली सूर्यविनायकमा सञ्चालित क्लिनिक वान भक्तपुरले यस प्रकारका सेवाहरु भक्तपुरका अन्य स्थानहरुमा पनि विस्तार गर्दै लाने बताएको छ ।
क्याप्सनवडा अध्यक्ष पुष्पराज प्रेसर चेक गराउँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर