जापान भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले दंग हुँदै भने - मलाई एक जना सासंदले स्वागत गर्नुभयो — OSNepal

जापान भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले दंग हुँदै भने – मलाई एक जना सासंदले स्वागत गर्नुभयो

LC (KTM) August 10, 2022 0

काठमाडौं २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भ्रमण फलदायी भएको बताएका हुन् ।

जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग समानान्तर रूपमा कुराकानी भएको बताएका उनले जापानमा भएका नेपालीहरू आफ्नो भ्रमणबाट धेरै खुशी भएका बताए ।

जापानको संसद् भवनको भ्रमण समेत गरेको बताएका उनले आफूलाई एक जना सांसदले स्वागत गरेको पनि बताए ।

‘उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ । चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो,’ प्रचण्डले भने ।

जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेको भन्दै आफुले हामीलाई पनि तत्काल सहयोग गर्नुपर्यो भनेर आग्रह गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर