नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्छ : भीम रावल — OSNepal

नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्छ : भीम रावल

LC (KTM) August 10, 2022 0

काठमाडौं २५ साउन । नेकपा एमालेका सांसद डा भीम रावलले नेपालले भारतसँगको आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता रावलले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको भन्दै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनु पर्ने भन्दै सरकारको ध्यानाकषर्ण गराएका हुन् ।

‘धेरै राष्ट्रहरूले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएका उदाहरण हामीमाझ छ’, नेता रावलले भने ।

नेपालले आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्नेमा जोड दिएका उनले नागरिकता विधेयकको पनि विरोध गर्दै नेपालीहरूलाई अल्पमतमा पार्ने षड्यन्त्र भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर