निर्वाचनको तयारीको लागि एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन — OSNepal

निर्वाचनको तयारीको लागि एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहेका छन् ।

साथै, आज बसेको बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार र भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक डाकिएको छ ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर