आजबाट बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढ्यो , यी स्थानमा दिन सकिन्छ आवेदन — OSNepal

आजबाट बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढ्यो , यी स्थानमा दिन सकिन्छ आवेदन

LC (KTM) August 12, 2022 0

काठमाडौं २७ साउन । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि सवारी चालक अनुमति पत्र ९लाइसेन्स० का लागि आवेदन दिने र वर्ग थप गर्ने संख्या बढाएको छ ।

आज ४ बजेबाट लागु हुने गरी मकवानपुरको हेटौंडा कार्यालयमा आवेदन संख्या बढाइएको मन्त्रालयले एक सूचनामा मार्फत जानकारी गराएको हो ।

मन्त्रालयले जारी गरेको सुचनामा ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे पनि आज ४।३० सम्म आवेदन सकिने भएको छ ।

यस अघि लिने दैनिक आवेदनको संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर