पाल्पामा पोखरीमा डुबेर १४ वर्षीय मनोजको मृत्यु — OSNepal

पाल्पामा पोखरीमा डुबेर १४ वर्षीय मनोजको मृत्यु

LC (KTM) August 12, 2022 0

पाल्पा :

पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर गएराति एकजनाको मृत्यु भएको छ। गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो । मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए।

बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो। जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर