सप्तरीमा भैसी चराउन गएकीनौ वर्षीया बालिकालाई क रणी गरेरे ह त्या गरेका १९ वर्षीय रोहित समातिए, हँसियाले घाँ टी का टेर ह त्या गरेको दाबि — OSNepal

सप्तरीमा भैसी चराउन गएकीनौ वर्षीया बालिकालाई क रणी गरेरे ह त्या गरेका १९ वर्षीय रोहित समातिए, हँसियाले घाँ टी का टेर ह त्या गरेको दाबि

LC (KTM) June 22, 2021 0

काठमाडौ । गोठाला गएकी एक बालिकाको ह त्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।

हँसियाले घाँटी काटेर ह त्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ ।

यौन दुव्यर्वहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ । हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर