भारतमा एकैदिन ८० लाखले लगाए कोरोनाको खोप, विश्वमै सवैभन्दा धेरै भएको दावी — OSNepal

भारतमा एकैदिन ८० लाखले लगाए कोरोनाको खोप, विश्वमै सवैभन्दा धेरै भएको दावी

LC (KTM) June 22, 2021 0

नयाँ दिल्ली-भारतमा एकैदिनमा ८० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । कुनै एउटा देशमा एकैदिनमा यतिधेरै खोप लगाइएको यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले दावी गरेका छन् । खोप अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको भारतले सोमबार मात्रै ८० लाखलाई खोप लगाएको हो । “एकैदिनमा सवैभन्दा धेरै खोप लगाएको कृतिमान अहिले भारतले बनाएको छ, कोरोनाभाइरसविरुद्ध लड्ने हतियार यही नै हो, त्यसैले सो हतियार प्रयोगलाई भारतले उच्च प्राथमिकता दिएको छ,” प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नु भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले अगाडि लेख्नु भएको छ, “खोप अभियानमा सक्रिय योगदान गर्नुुभएका सवैप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु भने खोप लगाउनु भएका सवैलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।” देशका प्रदेश तथा राज्यहरुमा एकैचोटी अहिले कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । त्यसैलेपनि एकैदिन यति धेरै मानिसले खोप लगाउन पाएका हुन् । हरेक १८ बर्ष माथिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने नीति भारतले लिएको छ । १८ बर्षमा सवैलाई खोप लगाउने अभियान आजबाट सुरु भएको हो । यसअघि प्राथमिकता सूचीमा परेकाहरुलाई मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर