कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको दाबी गर्दै चार दलले बुझाए प्रदेश प्रमुखलाई पत्र — OSNepal

कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको दाबी गर्दै चार दलले बुझाए प्रदेश प्रमुखलाई पत्र

LC (KTM) May 12, 2021 0

काठमाडौँ २९ बैशाख । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुखलाई चार दलले पत्र बुझाएका छन् । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको दाबी गर्दै आज बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र बुझाएका हुन् ।

३१ मतको आवश्यकता रहेको गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भने असहपति जनाउँदै आएका छन् । जसको कारण थापालाई पार्टीले संसदीय दलको नेताबाट हटाएको छ । थापाको असहमतिबाट नयाँ सरकार गठन गर्न अल्पमतमा परेको छ ।

प्रदेश प्रमुख पौडेलले भने आज ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउन आह्वान गरेकी छन् । साँझ सम्म पनि थापाले साथ दिएनन् भने नयाँ सरकार बन्न असम्भव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर