अक्सिजनको सप्लाई रोकिएर २९ वर्षीय पुरुष सहित आईसीयूमा उपचाररत पाँच जना संक्रमितको छट्पटिँदै ज्यान गयो — OSNepal

अक्सिजनको सप्लाई रोकिएर २९ वर्षीय पुरुष सहित आईसीयूमा उपचाररत पाँच जना संक्रमितको छट्पटिँदै ज्यान गयो

LC (KTM) May 12, 2021 0

बुटवल २९ बैशाख । अक्सिजन सप्लाई रोकिएर पाँच जना कोरोना संक्रमितको छट्पटिँदै ज्यान गएको छ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा समयमा नै अक्सिजन नपाउँदा पाँच जनाको अकालमै ज्यान गएको हो ।

यसरी अकालमै ज्यान गुमाउनेमा मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले दिएको जानकारी अनुसार अस्पतालमा अक्सिजन सकिएको र बाहिरबाट आउन समय लागेकाले संक्रमितको ज्यान गएको हो ।
अक्सिजनको अभावले एकातिर बचाउन सकिने विरामीको पनि ज्यान गइरहेको छ, अर्कोतिर अस्पताल प्रशासनलाई निकै तनाव र समस्या भइरहेको छ ।’ प्रवक्ता डा गौतमले भने । हाल उक्त अस्पतालमा १६ जना संक्रमितले आईसीयूमा उपचार गराइरहेकोमा आज अक्सिजनको अभावले ५ जनाले ज्यान गसमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर