अरिङ्गालले टोकेर जयबहादुरको मृत्यु — OSNepal

अरिङ्गालले टोकेर जयबहादुरको मृत्यु

LC (KTM) August 16, 2022 0

काठमाडौं । अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङगालले शरीरको विभिन्न भागमा टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनको उपचारमा लगे पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

यो पनि – माओवादीको स्वीकृति : वामदेव र बाबुरामलाई हँसिया हथौडा चिह्नबाट चुनाव लड्न दिने

नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए ।गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍याैँ ।’

साथै मंगलबार नै बाबुराम र माओवादीले संयुक्त चुनाव चिह्नबाट लड्ने जानकारी दिन निर्वाचन आयोग जाने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए । गौतमको पार्टी आयोगमा दर्ता नभएकाले जानकारी गराउनुनपर्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर