काठमाडौं र चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना समातिए, जोसँग थिए लाखौँका बिटा — OSNepal

काठमाडौं र चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जना समातिए, जोसँग थिए लाखौँका बिटा

LC (KTM) August 16, 2022 0

काठमाडौं, ३१ साउन : काठमाडौं र चितवनबाट जुवातास खेलिरहेको अवस्थामा २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय निमा शेर्पाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६० हजार १५० रुपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको नागार्जुन नगरपालिका–२ सानोभ¥याङबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा घर भएकी ५१ वर्षीया शुशिला लिम्बुको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख १५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–२२ कुमिया घोल बस्ने ४५ वर्षीय बिष्णु राज महतोको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४२ हजार ५ सय रुपैयाँ र १५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर