जुनियर तथा क्याडेट टेबलटेनिस हुने — OSNepal

जुनियर तथा क्याडेट टेबलटेनिस हुने

LC (KTM) August 18, 2022 0

काठमाडौं, २ भदौ :

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा कल्याण पाण्डे प्रथम राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता भदौ १७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताको जुनियर र क्याडेटमा गरी ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । जुनियर क्याडेटको पुरुष महिलामा २–२ स्पर्धा समावेश छन् ।

प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर