सेयरलगानीकर्ताको बिल्लिबास , बैंक, फाइन्स र सहकारीको भगाभाग — OSNepal

सेयरलगानीकर्ताको बिल्लिबास , बैंक, फाइन्स र सहकारीको भगाभाग

LC (KTM) August 18, 2022 0

रुषा थापा

नेपाल सरकारले बनाइएको कानूनमा जुवाँतास खेल्न प्रतिबन्ध लगाइको छ । तर लुकेर जुवाँतास मानिसहरुले खेल्ने गर्छन् ती मानिसहरुले एक दिन हार्छन् र एक दिन जित्छन् । जसरी जुवाँतास खेल्ने मानिसहरु एक दिन जितेर रमाउँछन् त्यसरी नै सेयर बजारमा नेप्से बढ्दा सेयरमा लगानी गर्नेहरु पनि रमाउँछन् । तर अर्कोदिन त्यहँी खेलेर उनीहरु हाछैन् र लाई आफू सुकुम्बासी भएको पनि थाहै पाउदैँनन् । त्यसरी नै सेयरमा लगानी गर्नेहरु पनि भएको सम्पूर्ण सम्पत्ति हारेर कङ्गाल भएका उनीहरुलाई थाहा नै हुदैँन । पछिल्लो समय सेयरमा लगानी गर्नेहरु सबै यसअन्र्तगत नै पर्छन् । अहिले सेयरलगानीकर्ताहरु सेयरको मूल्य घटेर रुवाबासी गरिरहेका छन् भने उता ऋणा तिर्न नसकेर भगाभाग गरिरहेको छन् । सेयरको मूल्य एक दिन बढ्दा खुशी हुन्छन् र अर्को दिन सेयरको मूल्य घट्दा दुःखी हुन्छन् । एक वर्षअघि सेयरको मुल्य बढेको अवस्थामा एक कित्ता सेयरको ३ हजारमा किनेको र अहिले त्यहँी सेयर १ सय रुपैँयामा बिक्री नहुदाँ सेयरमा लगानी गर्नेहरुको बिल्लिबास भइरहेको छ ।

५२ लाख नेपाली जनताले सेयरमा लगानी गरेका छन् । यिनीहरुले अर्बो रुपैँया सेयरमा लगानी गरेका छन् तर त्यो लगानी अहिले बालुवामा पानी भइरहेको छ । कैयौँ सेयरलगानीकर्ताहरु सेयरको मूल्य घटेर डुबिसकेका छन् भने कति त डिप्रेसनमा समेत गइसकेका छन् । यता सेयरमा लगानी गर्ने तथा सेयर धितो राखेर कर्जा दिने बैंक, फाइन्स तथा सहकारीहरु अहिले टाट पल्टि सकेका छन् । कति मानिसहरु सेयरमा लगानी डुबिसकेपछि आफ्रनै साथीभाइ, आफन्त तथा नातेदारहरुसँग भागेर हिडिरहेका छन् ।मनिसहरुले बुझ्रदै नबुझी वा दलालीको कुरामा लागेर यति धेरै पैसा सेयरमा लगानी गर्दा आज सिधासाधी जनताहरु चुलुम्ब डुबिरहेका छन् । हरेक घरमा रुवाबासी र कुटाकुट चलिरहेको छ । सेयरमा डुबिसकेपछि कति मानिसहरु ऋण तिर्न नसकेर देश नै छोडेर भागिसकेका छन् भने कतिको भाग्ने क्रम सुरु भइरहेको छ । यसरी सिधासाधी जनताहरु सेयरका कारण नराम्रेसँग डुब्दा सरकार कानमा तेल हालेर बसिहेको छ ।

विज्ञहरुका अनुसार अझै पनि सेयरको मूल्य घट्ने छ र अब अर्थतन्त्रमा ठुलो सङकट आउने छ । बैंक, फाइन्सहरुमा पैसाको हाहाकार भइरहेको छ । अहिले बैंक,फाइन्स तथा सहकारीहरुमा पैसा निकाल्नेको भिड छ भने राख्ने कोही छैन । बै.क, फाइन्स तथा सहकारीहरुले जनतासँग विश्वास गुमाइसकेका छन् । यसरी जनताको विश्वास बैंक, फाइन्स र सहकारीहरुबाट हट्दा जनताहरुले आफ्नो पुँजी राख्दैनन् र बैंक, फाइन्स तथा सहकारीहरुले कर्जा प्रवाह तथा कुनै क्षेत्रमा लगानी पनि गर्न पाउदैँनन् । अबपनि घर, जग्गा, गाडी र सेयरमा मन्दी आउँछ भन्ने कुरा हरेक नागरिकको मुखबाट सुनिन्छ । सेयर बेच्नेहरु अहिले जथाभावी पाइन्छन् तर खरिद गर्नेहरु कतै छैनन् । मानिसले आफूसँग भएको पैसा पनि सबै सेयर नै किनेर सकाए । यता सेयर किन्दा आफन्त तथा नातेदारसँग सापटी लिएको पैसा तिर्न नसकेर तनाव भइरहेको छ ।सेयर धितो राखेर सहकारी तथा बैंकहरुबाट कित्ता लिएको तर अहिले त्यो कित्ता हाल्न नसकेर उनीहरुको बिजोग भइरहेको छ भने उता सेयर धितो राखेर कर्जा दिने बैंक तथा सहकारीहरुको पनि बिजोग भइरहेको छ । यता ऋणीहरुले कित्ता पनि तिर्दैनन् र उता धितो लिलाम गर्दा बिक्री पनि हुने गर्दैन ।

वित्तिय संस्थाहरुले पहिला एक कित्ता सेयर ४ हजार रहदाँ व्यक्तिलाई कर्जा प्रवाह गरे तर अहिले त्यहँी सेयर २ सय रुपैँया बिक्री नहुँदा बैंक , फाइन्स तथा सहकारीहरु पनि डुबिसकेका छन् । पछिल्लो समय सेयर, घरजग्गा र गाडीमा लगानी गनेहरु डुबिसकेको वा भागिसकेको भनेर धेरै मानिसहरु बताउँछन् । अहिले बैंक, फाइन्स तथा सहकारीमा पैसा राख्नेहरु सस्ंथा खुल्नुअघि नै पैसा निकाल्न लाइनमा हुन्छन् ।
कति सहकारीहरुले त पैसा फिर्ता दिन नसकेर हात उठाएको वा भागिरहेको पाइन्छ भने यता बैंकहरुको पनि त्यहँी हालत छ । अहिले बैंक तथा सहकारीहरुले ११ प्रतिशत ब्याज दिन्छन् तर अब बचतकर्तालाई पैसा राख्दा १६ प्रतिशत सम्म ब्याज दिन्छु भनेर भन्दा पनि बचतकर्ताहरु पैसा राख्न मान्दैनन् । व्यापारी तथा जनताहरुले बैंक तथा फाइन्सहरुमा पैसा राख्न छोडिसकेका छन् । अहिले सहकारीले १५ प्रतिशत ब्याज दिन्छन् तर अब २० देखि २२ प्रतिशत ब्याज दिन्छु भनेर बचतकर्तालाई पैसा राख्न फकाइरहेका छन् ।

सहकारी तथा बैंकहरुको यति धेरै प्रयासले पनि नागरिकहरु बैंक तथा सहकारीहरुमा पैसा राख्न तयार छैनन् र पैसा झिक्न लाइन लागेर बसिरहेका जताततै देखिन्छ । एउटा बजार प्रतिनिधिले पहिला दिनहुँ १ लाखदेखि ३ लाखसम्म पैसा उठाउने गर्थे भने अहिले १० हजार पनि उठाउन सक्दैँनन् । यसैबाट जनताको सहकारीबाट कति विश्वास हट्यो भनेर सजिलैसँग थाहा पाउन सकिन्छ । सहकारीहरुले अहिले कर्मचारीलाई तलबदिन नसकेर कर्मचारी निकालिरहेको छ वा सहकारी नै बन्द भइरहेको छ ।

अब यस्तो बेलामा फेरि पनि कसरी सेयरको मूल्य बढ्ला फेरि पनि कसले सेयर किन्र्ला । सेयरमा लगानी गर्नेहरुले केही महिना अघि आन्दोलन गरे, अनसन बसे , राजनितिक पार्टीको घरघरमा गए , राजनितिक पार्टीको झोला बोके तर सेयरको मूल्य बढेन झन् घट्यो। सेयर लगानीकर्ताहरुले जे गरे पनि सेयरको मूल्य बढेन । यसरी आन्दोलन गर्ने, अनशन बस्ने र राजनितिक दलको घरमा धाउनेहरुले जति गरेपनि सेयरको मूल्य नबढेपछि उनीहरु त दुलोभित्र लुके भने सेयरमा लगानी गर्नेहरु चुलुम्ब डुबे ।

पहिलापहिला सेयरमा ठुल्लठुल्ला लगानी गर्ने २५÷३० जनाले सेयरको मूल्य बढाए । यिनीहरुले सेयर खरिद गर्नेबित्तिकै सेयरको मूल्य बढ्थ्यो भने नकिन्ने बित्तिकै सेयर घट्ने गथ्यो । सेयर बजार नै यिनीहरुको हातमा हुन्थ्यो । अहिले यिनीहरु बैंकको ऋणा तिर्न नसकेपछि डुबेर भागिसकेका छन् । अहिले सेयर धितो राखेर कर्जा प्रवाह गर्ने संस्थाहरु सेयरको मूल्य घटेर डुब्ने अवस्थामा आएपछि सस्स्थाहरु सेयरमा दिएको कर्जा घटाउनु वा सेयर नै पुरै फुका गरेर लैजानु भनेर ऋणीलाई पेलिरहेका छन् ।

सेयर बेच्न चाहँदा बिक्री हुदैँन र अरु बैंक तथा फाइन्सहरुबाट ऋण लिएर कर्जा दिऊँ भनी कसैले कर्जा दिदैँन । सेयरमा लगानी गर्नेहरुको अहिले मर्नु कि बाच्नुँ जस्तो हालत भइरहेको छ । नयाँ मानिसहरुले त अहिले सेयरमा लगानी गर्न छोडिसकेका छन् भने पुरानाका त कुरै छोड्दिऊ । अहिले बैंक, फाइन्स तथा सहकारीहरु पनि घाटामा गएकाले यिनीहरुले बोनस पनि दिन छोडिसकेका छन् । बैंक , फाइन्सहरुले १ सय रुपैँयामा बेचेको एक कित्ता सेयरलाई हामी जनताले ४ हजारमा किन्यौँ । यसमा कसको मुर्खता देखिन्छ ।

सेयर दलालीको कुरा वा छिटो नै धनी बन्नका लागि भएको सम्पूर्ण सम्पत्ति सेयरमा लगानी गर्दा आज हरेक जनता निशास भएका छन् । एक वर्षअघि एक दिनमा २२ अर्बभन्दा बढी किनबेच भएको सेयर अहिले डेढ अर्बको बिक्री हुने गर्छ । यसरी जनताहरु सेयरको मूल्य घटेर मर्नु कि बाँच्नु भएको अवसथामा छन् भने सरकार हासेर बसिरहेको छ । भूपु अर्थमन्त्री युराज खतिवडा हुदाँ उनले सेयरमा लगानी गर्नुभनेको जुवाँतास खेल्नु हो भनेका थिए ।

उनले सेयरमा लगानी गर्दा बुझेर वा सोचविचार गरेर मात्र लगानीगर्नुपर्छ भनेर जनतालाई भनेका थिए । तर कसैले उनको कुरालाई ध्यान दिएन । जसले गर्दा आज यो दिन देख्नुपरिरहेको छ । सेयरमा लगानी गर्ने मानिसहरुले त सेयरको मूल्य बढ्दा धेरै नै कमाए तर मूल्य बढेको बेलामा सेयर किन्ने मानिसहरु अहिले चुलुम्ब डुबिसकेका छन् । यसबाट सेयर जुवाँतास भन्दा पनि खतरनाक हुन्छ भनेर थाहा पाइन्छ । अहिलेपनि सेयर दलालीहरुले सेयरको मूल्य बढ्छ भनेर सेयरमा लगानी गर्न लगाएर नागरिक फसाइरहेका छन् र डुबाइरहेका छन् ।

सेयरको कारणले यत्रो जनता डुबिसके, कतिको घरमा रुवाबासी चलिरहेको छ , भएको सम्पूर्ण समपत्ति पनि सेयरले गर्दा सक्किसक्यो , जनताहरु अहिले सडकमा आइसकेका छन् तर सरकारले सेयर किनबेचमा अहिलेपनि प्रतिबन्ध लगाइएको छैन । सरकारले सेयरको कारण जनता डुबे र धेरैको घरमा रुवाबासी भएको छ भनेर अहिलेसम्म थाहा पाएको छैन । सरकारलाई सेयर किन्दा राजस्व आउने भएकाले पनि सरकारले अहिलेसम्म सेयर ब्रिकीवितरणमा प्रतिबन्ध लगाएको छैन । सरकारलाई जनतासँग होइन राजस्वसँग मात्र मतलब रहेको छ ।

एक वर्षअघि मेरो सेयर बेच्दा २० लाख आउँछ भन्ने मानिसहरु अहिले मेरो २ लाखपनि आउँदैन भन्छन् । सरकारले यसरी जनतालाई सेयरमा लगानी गर्न दिदाँ एकतिर जनता डुबे र अर्कोतिर अर्थमा पनि तरलता आएको पाइन्छ । कतिले घरजग्ग बेचेर सेयरमा लगानी गरे जसले गर्दा अहिले उनीहरुको पार्टीमा बास भइरहेको छ । अब जनताले सेयर किन्न छोड्नुपर्छ । अब दलालीहरुको कुरामा लागेर सेयरमा लगानी गर्नुहुदैँन र आफूपनि सक्षम हुनुपर्छ । अबको एकवर्षमा सेयरमा लगानी गर्ने बैंक तथा फाइन्सहरु डुब्छन् वा भाग्छन् ।

पछिल्लो समय सेयरमा लगानी गर्नेहरु चियापसल, भट्टीपसल वा किराना पसलहरुमा मेरो सबै सम्पत्ति सेयरले गर्दा डुब्यो भन्दै रुवाबासी गर्छन् । आफूसँग भएको सम्पूर्ण पैसा पनि डुब्नु र ऋणा तिर्न नसकेर भागेर पनि हिड्नु यो कस्तो दिन आएको । बुढापाकाहरु भन्ने गर्थे चोक्टा खान गएका मानिस झोलमा डुबेर मर्छन् । अहिले सेयरमा लगानी गर्नेहरु सबै नाफा खान गएका थिए तर साँवा नै सबै डुबेको छ । बगेको खोला फर्कदैन र घटेको सेयर फेरिपनि बढ्दैन । त्यसकारण अब प्रत्येक नागरिक समयमै जानकार तथा सक्षम हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर