सरकारका दैनिक काममा प्रश्न उठाउन राष्ट्रपतिलाई संवैधानिक अधिकार छैन : वर्षमान पुन — OSNepal

सरकारका दैनिक काममा प्रश्न उठाउन राष्ट्रपतिलाई संवैधानिक अधिकार छैन : वर्षमान पुन

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारका दैनिक काममा राष्ट्रपतिले प्रश्न उठाउन नहुने बताएका छन् ।

बिहिबार जारी संसद बैठकमा नेता पुनले सरकारका दैनिक काममा प्रश्न उठाउनका लागि राष्ट्रपतिलाई संवैधानिक अधिकार नदिइएको भन्दै यस्तो बताएका हुन् ।

बैठकमा पुनले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक लाई राष्टपतिले फिर्ता पठाएको प्रति आपत्ती जनाउँदै उनले विधेयक फिर्तासँगै पठाएको सन्देशमा संविधानसँग बाझिएका कुरा समेत स्पष्ट नपारेको बताए ।

‘गम्भीर प्रकृतिका, संविधानसँग बाझिने अवस्थामा पुनर्विचार गर्नका लागि पुनर्विचारको संवैधानिक व्यवस्था गरिएको हो । त्यतिखेरका संविधान निर्माताहरूको आशय सजिलै बुझ्न सकिन्छ । कतिपय ठाउँमा ध्यान नपुगेको अवस्थामा राष्ट्रपतिबाट ध्यानाकर्षण गराउने, पुनर्विचार गराउने ठाउँ राखिएको हो । तर, यसलाई दिनदिनैको सरकारको काममा, कार्यकारीको काममा कुनै पनि ढंगले प्रश्न उठाइराख्ने व्यवस्था गरिएको होइन ।’ बैठकमा पुनले भने ।

जन्मसिद्धका आधारमा नेपाली नागरिकता पाएकाका उमेर पुगेका सन्तानले नागरिकता नपाएर समस्या भएको बताएका नेता पुनले भने ,’बुबाआमा नेपाली नागरिक हो र उहाँहरूका छोराछोरीले नागरिकता नपाएको अवस्थामा सामान्य दैनिक जीवनका अप्ठ्यारा भोगिराखेको सन्दर्भमा नागरिकता ल्याइएको हो । यो विधेयकमा जरुरी कुरा मात्रै राखिएको छ । वैवाहिक अंगीकृतका विषयमा फेरि प्रस्तुत हुन्छ भनेर सरकारले नै भनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर