विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गर्यो :कमल थापा — OSNepal

विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गर्यो :कमल थापा

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा पारित गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।

आज बसेको संसद बैठकमा नागरिकता सम्बन्धी विधेयक दोस्रो पटक पारित बहुमतले पारित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक अन्तत फेरि संसदबाट बहुमतले पारित भएपछि अध्यक्ष थापाले आक्रो
श पोखेका हुन् ।

उनले भनेका छन् , ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिनसकिने व्यवस्था कायम गरेर सत्ता गठबन्धनले राष्ट्रघात गरेको छ’ ।

राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण भएको बताएका थापाले अघि भनेका छन् , ‘राष्ट्रपतिद्वारा पुनर्विचारको लागि फिर्ता पठाईएको नागरिकता विधेयकमा राष्ट्रपतिद्वारा उठाइएका गंभीर प्रश्नहरुको उपेक्षागरेर जस्ताको तस्तै प्रतिनिधिसभाले पारित गर्नु दुर्भाग्यपूर्ण छ।’

नागरिकता विधेयकमा आज सभामुख अग्निप्रसाद सापकोटाले पक्ष र विपक्षमा मतदान गराएका थिए । जसमा पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर