माओवादी केन्द्रमा महासचिव पदको लागि सात जनाको दावी — OSNepal

माओवादी केन्द्रमा महासचिव पदको लागि सात जनाको दावी

LC (KTM) August 19, 2022 0

काठमाडौं ३ भदौ । नेकपा माओवादी केन्द्रमा सात जना नेताले महा सचिवमा दावी पेश गरेका छन् ।

शुक्रबार केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटिको बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा दावी पेश गरेका हुन् ।

बैठकमा नेताद्धय वर्षमान पुन र जनार्दन शर्माले आफ्नो कारणले पदाधिकारी टुंगो नलागेको भन्ने विषय गलत भएको बताएका छन् ।

आफ्नो पार्टीले जसलाई बनाए पनि सहमत भएको भन्दै नेताद्धयले जति ढिला भयो आफुहरु उत्रि खतरामा पर्ने बताएका छन् ।

‘जसलाई बनाए पनि बनाउनुस् , बाहिर किन यस्तो गयो ? जति ढिला भयो, त्यति हामीलाई विस्थापित गर्ने खतरा छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर