बेलुकी बाँकी रहेको भात बिहान भुटेर खाएपछि एकै घरका पाँच जना बिरामी, एक जनाको अबस्था गम्भीर — OSNepal

बेलुकी बाँकी रहेको भात बिहान भुटेर खाएपछि एकै घरका पाँच जना बिरामी, एक जनाको अबस्था गम्भीर

LC (KTM) August 20, 2022 0

नुवाकोट :

फुड पोइजन हुँदा एकै घरका पाँच जना बिरामी परेका छन् नुवाकोटको वेलकोटगढी नगरपालिका-१३ मदानपुर डाँडाकटेरीमा फुड पोइजन हुँदा एकै घरका पाँच जना बिरामी भएका हुन जसमध्य एक जनाको अबस्था गम्भीर रहेको छ ।

१४ वर्षीय सहदेव पाण्डेको अवस्था गम्भीर भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको बताइएको छ । रोज पाण्डेका पाँच छोराछोरी फुड पोइजनका कारण बिरामी परेका हुन । ९ वर्षीय जुम्ल्याहा रामरलक्ष्मण पाण्डे, छोरी १६ वर्षिया लक्ष्मी र अर्की एक जना छोरी रहेका छन्।

चार जनाको भने नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ। घरमा बुधबार बेलुकी बाँकी रहेको भात बिहीबार भुटेर खाएपछि उनीहरूमा वान्ता आउने तथा डायरिया हुने समस्या देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर