नेता बस्नेतले प्रचण्डतिर औँला तेर्साउँदै भने -अदालतका फैसलाहरू सेटिङमा भयो — OSNepal

नेता बस्नेतले प्रचण्डतिर औँला तेर्साउँदै भने -अदालतका फैसलाहरू सेटिङमा भयो

LC (KTM) June 22, 2021 0

काठमाडौं ८ असार । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो दिएको अभिव्यक्ति प्रति संका व्यक्त गरेका छन् । नेता बस्नेतले हिजो प्रचण्डले धादिङमा आफूले प्राप्त गरेको विशेष सूचना भनेर जे भनेका थिए आज सर्वोच्चल प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार बदर गर्नुमा संका व्यक्त गरेका हुन् ।

‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङमा आफूले प्राप्त गरेको विशेष सूचना भनेर जे बोल्नुभएको थियो, आज प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार भएको भन्दै दायर भएको रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सुनियो’ बस्नेतले भनेका छन् ।

यो फैसला सेटिङमा भएको भन्दै नेता बस्नेतले भनेका छन् ,‘यो फैसला पछाडि आम रूपमा के प्रश्न उठेको छ । अदालतका फैसलाहरू कि सेटिङमा हुने गर्दछन् कि न्यायालयले सम्भाव्य फैसलाको पूर्व अनुमान खास ठाउँमा दिने गर्दछन् । प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भइरहेको छ ठीक भइरहेको छैन’ ।

नेता बस्नेतले प्रचण्डको अभिव्यक्ति प्रति संका गर्दै भनेका छन्, ‘न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन। राजनीति बिग्रदा अराजकता फैलन्छ र न्यायालय बिग्रदा जनतामा निरासा प्रकट हुने गर्दछ त्यसैले सम्बन्धित सबै गम्भिर हुन आवश्यक छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर