नरहरि प्रेमीको आदिदेव शंकर — OSNepal

नरहरि प्रेमीको आदिदेव शंकर

LC (KTM) August 22, 2022 0

गायक तथा संगीतकार नरहरि प्रेमीको आदिदेव शंकर बोलको संस्कृत भजन सार्वजनिक भएको छ । नरहरिको संगीत र स्वर रहेको गीतमा दिव्य दृष्टा बालयोगी आदित्य गुरुदेवको शव्द तथा परिकल्पना रहेको आदिदेव शंकर शिव भजनमा प्रेमीले गायनमा हदैसम्मको स्वरको कारिगरी प्रस्तुत गरेको छर्लङ्ग महसुस गर्न सकिन्छ । त्यसो त भजनको संगीत संयोजन रहेको भजनको मिक्सिङ एवं मास्टरिङ भने मनोज डंगोलले गरेका हुन् । रेकर्डिङ्गको सम्पुर्ण कार्य बिग परिवेश स्टुडियोमा भएको भजन वास्तवमै समग्र रुपले अत्यन्तै श्रवणीय बनेको छ ।

ओम आदि फाउन्डेसनको प्रस्तुति आदिदेव शंकर भजन जति सुन्दाखेरी कान आनन्दित हुन्छ । त्यति नै यसको भिडियो हेर्दाखेरी आँखा कत्तिपनि नबिझाउने आँखालाई शित्तल बनाउने खालको बनेको छ । भिडियोका सम्पादक तथा निर्देशक राज कुमार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर