रोमाको जित, रोकियो युभेन्ट्स — OSNepal

रोमाको जित, रोकियो युभेन्ट्स

LC (KTM) August 23, 2022 0

काठमाडौं, ७ भदौ :

इटालियन सिरी ए फुटबलको दोस्रो खेलमा युभेन्ट्स साम्पडोरियासंग गोलरहित बराबरीमा रोकिएको छ । सोमबार राति युभेन्ट्सले खेलमा पकड बनाएपनी पाएको अवसर सदुपयोग गर्न सकेन ।

बराबरीसँगै युभेन्ट्स २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ । साम्पडोरिया १ अंक जोडेर १६ औं स्थानमा छ ।यता, अर्को खेलमा रोमाले संघर्षपूर्ण जित निकाल्यो । रोमाले क्रेमोनेसलाई १-० अन्तरले पराजित गर्यो ।

क्रीस स्मालिङले खेलको ६५ औं मिनेटमा गरेको गोलले रोमाले महत्त्वपूर्ण तीन अंक जोड्यो । लगातार दोस्रो जितसंगै रोमा तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर