प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित — OSNepal

प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

LC (KTM) August 23, 2022 0

काठमाडौं ७ भदौ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

नेकपा एमालेले आजबाट पार्टीको १२ गतेसम्म विभिन्न कमिटीका बैठक बस्ने भन्दै एक साताका लागि संसद बैठक स्थगित गराउन आग्रह गरेको हो ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारी अनुसार एमालेको आग्रह अनुसार संसद बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । यता एमालेको आजबाट चुनाव केन्द्रित बैठकहरु बस्ने भएको छ ।

एमालेको आज स्थायी कमिटी बैठक , ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर