धौलागिरि अस्पतालमा शय्या अभाव हुँदा कोरोनाका गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा पठाउदै — OSNepal

धौलागिरि अस्पतालमा शय्या अभाव हुँदा कोरोनाका गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा पठाउदै

LC (KTM) May 12, 2021 0

बलेवा, २९ वैशाख- धौलागिरि अस्पतालमा रहेको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएपछि कोरोनाका गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको छ । बुधबार जिल्लाको बडिगाड गाउँपालिका–६ का ४० वर्षिय पुरुषलाई अक्सिजनको मात्रा निकै कम भएपछि पोखरा पठाइएको हो ।

‘‘यहाँ आइसियु र भेन्टिलेटर खाली छैन्, त्यहाँ रहनुभएका सबैको अवस्था उस्तै छ’’ अस्पतालका प्रमुख डा शैलेन्द्र बिकले भन्नुभयो, ‘‘अवस्था गम्भीर भएकाले परिवारले लैजान्छु भन्नुभयो, हामीले पठायौं ।’’ आइसोलेसनमा उपचार गराइरहेका उनको श्वासप्रश्वासमा ठूलो समस्या छ । निमोनियाले फोक्सोमा समस्या पारिसकेको बिकले बताउनुभयो ।

मणिपाल शिक्षण अस्पताल पोखराले शय्या उपलब्ध गराउने भएपछि उनलाई पोखरा पठाइएको हो । अस्पतालमा अहिले ३२ जना सङ्क्रमितलाई उच्च गतिमा अक्सिजन दिएर उपचार भैरहेको छ । सात जना शङ्कास्पद बिरामीसमेत सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने खालका बिरामी छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर