प्रीति कौरको तीज गीत ढल्की ढल्की’ बजारमा — OSNepal

प्रीति कौरको तीज गीत ढल्की ढल्की’ बजारमा

LC (KTM) August 24, 2022 0

नेपाली नारीको महान चाड हरितालिका तीजका अवसरमा गायिका प्रीति कौरले ‘ढल्की ढल्की’ बोलको गीत ल्याएकी छिन्। सुष्मा सिग्देलले लेखेको गीतको कम्पोज अंकितबाबु अधिकारीले गरेका हुन्।

पप गायिका रुपमा परिचय बनाएकी प्रीतिले लोकलयको तीज गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको बताएकी छिन्। ‘दर्शक स्रोताबाट राम्रो रेस्पोन्स आएको छ, यसले खुसीसँगै उत्साह पनि थपेको छ,’ उनले भनिन्।

विक्रम स्वाँरले निर्देशन गरेको भिडियोमा इस्टु कार्की र प्रीति कौर आफैं नाचेकी छिन्। उत्सव दाहालले खिचेको भिडियोमा जस्विर कौर स्वाँरले कोरियोग्राफी गरेका छन्। वीरबहादुर चौधरीले सम्पादन गरेको भिडियो प्रीतिले आफ्नै अफिसियल युट्युब च्यालनबाट सर्वाजनिगरेकी छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर