६ गोल भएको खेलमा बार्सिलोना र सिटीको बराबरी — OSNepal

६ गोल भएको खेलमा बार्सिलोना र सिटीको बराबरी

LC (KTM) August 25, 2022 0

काठमाडौं, ९ भदौ –

रियाल महारेजले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले बुधबार मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग हारको संकट टारेको छ ।बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा सिटीले ३-३ को बराबरी खेलेको हो ।

२१औं मिनेटमा जुलियान अल्भारेजले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । त्यसको आठ मिनेटपछि नै पियरी इमरिक औबामयाङको गोलमा बार्सिलोना खेलमा फर्किएको थियो ।

६६औं मिनेटमा फ्रयांकी डी जोङले बार्सिलोनालाई अग्रता दिलाए । ७०औं मिनेटमा कोल पाल्मरले सिटीलाई खेलमा फर्काए ।७९औं मिनेटमा मेम्फिस डिपेको गोलमा भने बार्सिलोनाले सिटीमाथि रोमाञ्चक जित निकाल्ने संकेत गरेको थियो । तर इन्जुरी समयको नवौ मिनेटमा महारेजले पेनाल्टीको सदुपयोग गर्दा बार्सिलोना निराश बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर