पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदका लागि कैलालीमा खेलाडी छनोट — OSNepal

पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदका लागि कैलालीमा खेलाडी छनोट

LC (KTM) August 25, 2022 0

कैलाली-आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलालीमा आजदेखि खेलाडी छनोट सुरु हुने भएको छ । उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया आजदेखि १४ गतेसम्म हुने कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट छनोट गरिने प्रतियोगिता धनगढी र टीकापुरमा सञ्चालन हुनेछन् । जिल्लाबाट छनोट भएका खेलाडीलाई यही भदौ १८ देखि २४ गतेसम्म प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने खेलकुद विकास समितिका कार्यालय प्रमुख टोपबहादुर विष्टले बताउनुभयो ।

प्रदेशस्तरीय प्रतियोतिामा छनोट भएका खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउने उहाँको भनाइ थियो । उक्त प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भारत्तोलन, कुस्ती कबड्डी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ, खो–खो, शारीरिक सुगठनलगायत ३३ प्रकारका खेलमा प्रदेशको सहभागिता हुने जनाइएको छ । रुग्वी ट्रयाथोलन, प्यारागलाडिङ, गल्फ, पौडी, आर्चरी, साइक्लिङ, सफ्ट टेनिस, लङटेनिस र स्क्वासका लागि भने जिल्ला र प्रदेशबाट छनोट नभई सोझै प्रतियोगितामा सहभागी हुन पाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर