अस्मिता अधिकारीको तीज गीत चट्ट कपाल कोरेर बेलायतबाट रिलिज — OSNepal

अस्मिता अधिकारीको तीज गीत चट्ट कपाल कोरेर बेलायतबाट रिलिज

LC (KTM) August 29, 2022 0

काठमाडौं ।

चट्ट कपाल कोरेर बोलको तीज गीतको भिडियो बेलायतबाट रिलिज गरिएको छ । लोकप्रिय गायिका अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतले चाडपर्वको यो माहोलमा गाउँ घरमा तीजको चटारो भएको तर बेलायतमा रहेका नेपालीहरुमाझ कामकै हतारो रहेको गुनासो गरेका छन् ।आफ्नो जन्मभूमिमा चाडवाडमा उपस्थित हुन नपाए पनि तीजको मौकामा भने सबै नेपाली दाज्भाई तथा दिदीबहिनीहरु एक जुट भएर चाडपर्व मनाएको रमाइलो दृश्य भिडियोमा देख्न सकिन्छ ।

गीतकार डि पी खनालका शब्द शृजनामा विकाश चौधरीको संगीत रहेको गीतको निदेृशन युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् । बेलायतकै सर्वाधिक ब्यस्त निर्देशक श्रेष्ठको छायांकन र सम्पादन समेत रहेको भिडियोमा नृत्य निर्देशन दीपक थापा मैथाने मगरले गरेका हुन् ।दीपक थापा मैथाने मगर र माधव अधिकारीको निर्माण रहेको भिडियोमा कलर भरत रेग्मीको रहेको छ भने सह छायांकन गहेन्द्र शाक्यको रहेको छ ।

भिडियोमा आस्था जोशी, दीपिका श्रेष्ठ, अमृता गिरी गजुरेल, अस्ति कँडेल, अमिका भण्डारी मञ्जु शाह, अजिता थापा, दुर्गा अधिकारी, सन्तोष राई, समिर लामा, प्रसुना कँडेल , सरस्वती शाह, गीत बस्नेत पाण्डेको अभिनय देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर