सिद्धार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशको कोरोना कोषमा १० लाख सहयोग — OSNepal

सिद्धार्थ बैंकद्धारा सुदूरपश्चिम प्रदेशको कोरोना कोषमा १० लाख सहयोग

LC (KTM) May 12, 2021 0

कैलाली, २९ वैशाख- सिद्धार्थ बैंक सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा आज रु. १० लाख रकम सहयोग गरेको छ । बैंकका धनगढी शाखा प्रवन्धक नितेश श्रेष्ठले प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

सातै प्रदेशलाई रु. १० लाखका दरले सहयोग गर्ने भनेर मङ्गलबार नै निर्णय भइसकेको शाखा प्रवन्धक श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्ष पनि कोरोना महामारीमा बैंकले सात वटै प्रदेशलाई दश लाखको दरले कोरोना कोषमा सहयोग गरेको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर