आज विवाह बन्धनमा बाधिए गोलकिपर किरण र कञ्चन, बेहुला र बेहुली बन्दा देखिए प्रफुल्लित — OSNepal

आज विवाह बन्धनमा बाधिए गोलकिपर किरण र कञ्चन, बेहुला र बेहुली बन्दा देखिए प्रफुल्लित

LC (KTM) August 31, 2022 0

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले पे्रमिका कञ्चन निरौलासँग आज विवाह गरेका छन् । उनले काठमाडौं स्थित बालुवाटारको सिल्भर ओक पार्टी प्यालेसबाट धुमधामका साथ विवाह गरेका छन् ।

विवाहमा साथीभाइ र तथा आफन्तहरुको उपस्थिती रहेको थियो । किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटारस्थित पार्टी प्यालेसमा पुगेका थिए । बिहेमा उनी निकै प्रफुल्लित देखिएका थिए भने बेहली बन्दा उस्तै सुन्दर देखिएकी थिइन् कन्चन ।

किरणले कञ्चनसँग माल्दिभ्समा विवाहको प्रस्ताव गर्दै इंगेजमेन्ट गरेका थिए । जुन दृष्य भाइरल बनेका थिए । यो जोडी लामो समय देखी प्रेममा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर