सचिन तेन्दुलकरकी छोरी सारालाई ब्रेकअप दिएर सैफअली खानकी छोरी नायिका सारासँग प्रेममा छन् ब्याट्सम्यान शुभमन — OSNepal

सचिन तेन्दुलकरकी छोरी सारालाई ब्रेकअप दिएर सैफअली खानकी छोरी नायिका सारासँग प्रेममा छन् ब्याट्सम्यान शुभमन

LC (KTM) August 31, 2022 0

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान फेरी एकपटक प्रेमका कारण चर्चामा छिन् । उनी टीम इन्डियाका ब्याट्सम्यान शुभमन गिलसँग प्रेममा रहेको चर्चा रहेको छ ।यी दुई एक साथ डिनर गएका तस्विर भाइरल बनेका छन् ।

तस्बिरमा एकतर्फ शुभमन र अर्कोतर्फ सारा बसेको देखिन्छ । एक रेस्टुरेन्ट वेटर सारा नजिकै उभिरहेकी छिन्, जसलाई उनी केहि अर्डर गरिरहेको देखिन्छ। यस अघि साराले को ना सुशान्त सिंह राजपूत देखी कार्तिक आर्यनसँग सम्म जोडिएको थियो । करण जोहरको च्याट शो कफी विथ करणमा साराले कार्तिकलाई धेरै प्यारो लाग्छ र उनीसँग डेट गर्न चाहेको बताएकी छन् ।

उनी कार्तिक आर्यनसँग पनि करिब दुई वर्षसम्म रिलेसनसिपमा थिइन् । तर, अहिले दुवै अलग भइसकेका छन् । शुभमन गिल पनि यस अघि तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको थियो । अहिले भने सारा अली खान र शुभमन गिलको प्रेममा रहेका खबरले बलिउड गर्माएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर