‘राजकुमारी’ बन्दै सुन्दरी पुजा — OSNepal

‘राजकुमारी’ बन्दै सुन्दरी पुजा

LC (KTM) September 01, 2022 0

काठमाडौं :

अभिनेता पुष्प खड्का र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘राजकुमारी’ निर्माण हुने भएको छ । रूपेश तामाङले निर्देशन गर्ने चलचित्रमा पुष्पलाई हालै अनुबन्धित गरिएको हो । यस्तै, अभिनेत्री पूजा केही समय अगाडि छनोट भएकी थिइन् । प्रेमकथा र एक्सन जनरामा निर्माण हुने यो चलचित्र भदौ अन्तिमबाट छायांकनमा जाने तयारीमा जुटिरहेको छ ।

चलचित्र निर्माण पक्षका अनुसार अहिले चलचित्रको लेखनकार्य अन्तिम सौर्य दैनिकमा खबर छ , चरणमा पुगेको छ । चलचित्र भारतको कालिम्पोङमा छायांकन हुने जनाइएको छ । यसअघि पुष्प र पूजाले चलचित्र ‘अझै पनि’ काम गरेका थिए । उनीहरुले थुप्रै गीति भिडियोमा सँगै काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर