काठमाडौंको कोठामा भोकभोकै रोएका दाजुभाईको आज यो अवस्था (भिडियो हेर्नुस) — OSNepal

काठमाडौंको कोठामा भोकभोकै रोएका दाजुभाईको आज यो अवस्था (भिडियो हेर्नुस)

LC (KTM) May 12, 2021 0

यस अप्ठेरो समयमा धेरै जना पिडामा छन् । कति सँक्रमित अक्सिजन र उपचारको अभावमा छन् कतिलाई भोकको पिडा छ । यसैबिच केहि दिन अघि काठमाडौंको नारायणस्थानमा एक हुम्लाका युवा भोकै तिन दिनदेखि बिरामी भएर छटपटिरहेको खबर आयो । शिशिर भण्डारी सहयोग लिएर पुगे ।

यसैबिच शिशिरले आफ्नो फेसबुकमा यस्तो लेखे- ‘हुम्लाको २३ बर्षिय नरेन्द्र भाई र उनको भाई काठमाडौं, नारायणस्थानको एक कोठामा ३ दिनदेखि भोकै रहेको र नरेन्द्र बिरामी समेत रहेको भिडियो आईसकेपछि देश तथा बिदेशबाट धेरै महान सहयोगीहरुले सहयोग गर्नुभयो । यतिबेला नरेन्द्रको कोठामा खाद्यान्नको अभाव छैन, काठमाडौं र छेऊछाऊका ठाउँमा हामी नै पुगेर सहयोगीहरुबाट सहयोग बटुल्यौं । रुखबाट लडेर बिगत ३ बर्षदेखि नशाको समस्याका कारण थलिएका नरेन्द्र भाईलाई अब उपचारको खाँचो रह्यो ।

यस अघि नै भाईको उपचार प्रयाश भएको रहेछ, डक्टरको अनुसार उनको पुर्ण उपचार सम्भव छैन, केवल थेरापीकै माध्यमबाट अवस्थामा सुधार आउँछ । त्यसको लागि आज थेरापी मेसिन किनेर उनको कोठामा लगिएको छ । मेसिन लगेर कोठामै थेरापी गरिरहँदा नरेन्द्रको खुशीको आँशु झर्यो । नरेन्द्रका भाई राम बहादुर पनि ‘अब दाई ठिक हुने भए’ भन्दै दँग भए । नरेन्द्रले आफुलाई सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए । भिडियो हेर्नुस-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर