जिग्री ब्रो पछि 'सक्किगोनी'का अर्का हास्य कलाकार ‘सिते बा’ ले पनि गरे 'काठमाडौं ५' बाट चुनाब लड्ने घोषणा — OSNepal

जिग्री ब्रो पछि ‘सक्किगोनी’का अर्का हास्य कलाकार ‘सिते बा’ ले पनि गरे ‘काठमाडौं ५’ बाट चुनाब लड्ने घोषणा

LC (KTM) September 01, 2022 0

काठमाडौं । हास्य कलाकार मधुसुदन पाठक उर्फ सिते बा प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । सक्किगोनीका ‘सिते बा’को रुपमा अभिनय गरेर चर्चा कमाएका मधुसुदनले काठमाडौंको क्षेत्र नम्बर ५ बाट लौरो चुनाव चिन्ह लिएर चुनाव लड्न लागेका हुन् ।

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा कार्यक्रममा आज मधुसुदन पनि उपस्थित थिए । यस अघि सक्किगोनीकै अर्का कलाकार कुमार कट्टेल जिग्रीले पनि प्रतिनिधिसभामा उम्मेदवारी दिने चर्चा छ ।काठमाडौंको क्षेत्र नम्बर ५ इश्वर पोखरेलको क्षेत्र हो ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट लड्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर