गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को विशेस प्रदर्शन हुने — OSNepal

गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को विशेस प्रदर्शन हुने

LC (KTM) September 01, 2022 0

काठमाडौँ। गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘नैना’को बिसेष प्रदर्शन भदौ १८ गते शनिवार राष्ट्रिय नाचघरमा हुने भएको छ। दिप गुरुङको निर्देशनमा बनेको चलचित्रमा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ। दिप गुरुङ,सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको चलचित्रको कथा जनक गुरुङले लेखेका हुन्।

सुरज गुरुङ,आनन्द गुरुङ,लक्ष्मी गुरुङ,सीता गुरुङ,सुकमान गुरुङ,एलिना गुरुङ,कुमार समरी घले,टेक बहादुर गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। मधुर बस्नेतले छायाँकन गरेको चलचित्रलाई मेक बहादुर थापाले सम्पादन गरेका छन्। चलचित्रमा पवन रानाको संगीत,जितेन्द्र क्षेत्रीको शब्द रचना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर