भोलि नेपाली फिल्म नैनाको विशेष प्रदर्शनी हुने — OSNepal

भोलि नेपाली फिल्म नैनाको विशेष प्रदर्शनी हुने

LC (KTM) September 02, 2022 0

काठमाडौं, १७ भदौ

गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘नैना’ को भोलि शनिबार राष्ट्रिय नाँचघरमा विशेष प्रदर्शन हुने भएको छ । दीप गुरुङको निर्देशनमा बनेको फिल्ममा गुरुङ संस्कृतिलाई झल्काउने प्रयास गरिएको छ ।

दीप गुरुङ, सुकमान गुरुङ र एलिना गुरुङको निर्माणमा बनेको फिल्मको कथा जनक गुरुङले लेखेका हुन् । सुरज गुरुङ, आनन्द गुरुङ, लक्ष्मी गुरुङ, सीता गुरुङ, सुकमान गुरुङ, एलिना गुरुङ, कुमार समरी घले, टेकबहादुर गुरुङलगायतका कलाकारको अभिनय फिल्ममा छ।

मधुर बस्नेतको छायांकन रहेको फिल्ममा मेकबहादुर थापाको सम्पादन छ । फिल्ममा पवन रानाको संगीत, जितेन्द्र क्षेत्रीको शब्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर