अभिषेक बच्चनको फोन चोरेर प्रियंका चोपडाले गरिन रानी मुखर्जीलाई यस्तो म्यासेज — OSNepal

अभिषेक बच्चनको फोन चोरेर प्रियंका चोपडाले गरिन रानी मुखर्जीलाई यस्तो म्यासेज

LC (KTM) September 02, 2022 0

बलिउड इन्डस्ट्रीमा यस्ता धेरै कथा छन्, जसलाई सुनेपछि फ्यानले हाँसो रोक्न सक्दैनन् । कयौं पटक फ्यानका मनपर्ने कलाकारहरु एकअर्कासँग यस्तो ठट्टा गरिरहन्छन् । जसका कारण उनीहरु चर्चामा आउने गरेका छन् । अभिनेत्री प्रियंका चोपडाले पनि यस्तै गरिन् । अभिनेत्रीले अमिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग ठट्टा गरेकी थिइन् । जसका कारण अभिषेकलाई धेरै कुरा सुन्न परेको थियो । वास्तवमा प्रियंकाले अभिषेकको फोनबाट चर्चित अभिनेत्रीलाई म्यासेज गरेकी थिइन् ।

उल्लेखनीय कुरा के छ भने प्रियंका सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय रहने अभिनेत्री हुन् । प्रियंकाले हरेक दिन आफ्ना फ्यानहरूसँग कुनै न कुनै पोस्ट सेयर गरिरहेकी छिन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् । उनको पोष्टमा फ्यानहरुले निकै माया व्यक्त गरेको देख्न सकिन्छ । हालै उनको एउटा खुलासाले निकै चर्चा पाइरहेको छ । प्रियंकाले आफ्नो खुलासामा उनले अभिषेक बच्चनलाई कसरी ठट्टा गरेकी थिइन्, जसका कारण उनले धेरै कुरा सुन्न बाध्य भएकी छिन् ।

प्रियंकाले अभिनेता अभिषेक बच्चनको फोन चोरेर उनीबाट रानी मुखर्जीलाई केही सन्देश पठाएको बताएकी छिन् । वास्तवमा, एक पटक अभिषेक आफ्नो फोन छोडेर गए। रितेश र प्रियंका त्यहाँ उपस्थित थिए। त्यसपछि अभिनेत्रीले फोन लिईन् र रानी मुखर्जीलाई म्यासेज गरिन् कि म तिमीलाई धेरै मिस गर्छु। तिमी मलाई मनपराउँछौ ? लगायतका धेरै म्यासेज पठाएपछि प्रियंकाले फोन स्वीच अफ गरेर लुकाइन् ।

केही समयपछि उनले अभिषेकको फोन फर्काएकि थिईन् । प्रियंकाले यस्तो म्यासेज गरेपछि रानी मुखर्जी डराएकी थिइन् र उनले जवाफ दिइन्, ‘अभिषेक तिमीलाई के भयो ? प्रियंकाले अभिषेकसँग यस्तो गरेकि हुन् किनभने अभिषेकले एक पटक उनको फोन चोरेका थिए र प्रियंकालाई धेरै उत्पीडन गरेपछि उनले उनको फोन फिर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर