काठमाडौंमा पनि डर लाग्ने गरी फैलियो डेंगु, अभिनेता पुष्प खड्का पनि डेंगु संक्रमित — OSNepal

काठमाडौंमा पनि डर लाग्ने गरी फैलियो डेंगु, अभिनेता पुष्प खड्का पनि डेंगु संक्रमित

LC (KTM) September 02, 2022 0

काठमाडौं ।

अभिनेता पुष्प खड्का लाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमित भएपछि थला परेका उनी अहिले भर्ना अस्पतालबाट डिस्चार्ज समेत भएका छन् । अहिले उनले डेंगु जितेका छन् ।

उच्च ज्वरो, टाउको र आँखा दुख्ने अनि बोमिट हुने ब्लड प्रेसर लो हुने भएको र जसले गर्दा आफु आधा मरेजस्तै भएको बताएका छन् । पुष्पका बहिनी ज्वाइ पनि संक्रमित भउको उनले बताए । जीउ पूरै गलेको देखि शरीरबाट बल हराएजस्तो भएको अनुभव उनले सुनाए ।

दुई(दुईवटा पारासिटामोल खाएको उनले बताए । संक्रमित भएपछि उनले पुष्प घरभित्र सरसफाइ गर्न र लामखुट्टेबाट जोगिन सुझाव दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय दिनहुँ डेंगु संक्रमितको संख्या उकालो लागिरहेको छ । संक्रमणबाट धेरै सर्वसाधारण ग्रसित बनेमका छन् ।

क्यूएफएक्सका निर्देशक नकिम उद्दिन, गोपीकृष्ण हलका सञ्चालक तथा राप्रपा नेता उद्धव पौडेल समेत डेंगुबाट संक्रमित भइसकेर अहिले निको भइसके । एडिस जातको लामखुट्टेले टोकेपछि डेंगु संक्रमण फैलिने चिकित्सक बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर