सात दिनमा करोड माथि कमायो प्रकाश अभिनित फिल्म 'प्रकाश'ले — OSNepal

सात दिनमा करोड माथि कमायो प्रकाश अभिनित फिल्म ‘प्रकाश’ले

LC (KTM) September 03, 2022 0

काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रकाश’ले घरेलु बक्स अफिसमा पहिलो साता लगभग एक करोड रुपैयाँ ग्रस कमाएको छ । अपेक्षित ओपनिङ गर्न नसकेको फिल्मले वर्ड अफ माउथको मद्दतमा भने राम्रो कमाइ गर्ने संकेत देखिएको हो। विकडेजमा आफूलाई थप बलियो तुल्याएको हो ।

वितरक रोहित कट्टेलले चाहिं प्रकाशले पहिलो साता एक करोड ७० लाख रुपैयाँ ग्रस कमाएको दाबी गरे । अर्कोतर्फ, चल्दाचल्दै प्रदर्शन रोकेको फिल्म ‘राधा’को कलेक्सन निकै निराशजनक छ ।

चलचित्र विकास बोर्डका अनुसार फिल्मको कलेक्सन अहिलेसम्म १४ लाख रुपैयाँ छ भने बक्स अफिस सर्भर जडान भएका हलको पनि कलेक्सन जोड्दा २० लाख वरपर हुन आउँछ । शो वितरणमा अन्याय गरेको भन्दै ‘राधा’का निर्माताले बुधबार पत्रकार सम्मेलन गरेर प्रदर्शन रोकिएको जनाएका थिए । राधमा सष्टी श्रष्ठको भुमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर