ड्रोन उडाएर मेघौली बिमानस्थलको सर्बेक्षणको सुभारम्भ गर्नुहुँदै अध्यक्ष दाहाल — OSNepal

ड्रोन उडाएर मेघौली बिमानस्थलको सर्बेक्षणको सुभारम्भ गर्नुहुँदै अध्यक्ष दाहाल

LC (KTM) September 04, 2022 0

चितवन-मेघौली बिमानस्थलको स्तरोन्नतीका लागि सर्बेक्षण गरेर प्राबिधिक रिपोट तयार गर्न शनिबार ड्रोन उडाएर कामको शुभारम्भ गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्बिरः नारायण अधिकारी, रासस

विविधतायुक्त मधेस संस्कृतिको प्रवद्र्धनमा जोड
महोत्तरीको बर्दिबासमा हालै सम्पन्न एक प्राज्ञिक कार्यक्रममा मधेसको विविधतायुक्त संस्कृति प्रवद्र्धनमा जोड दिइएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको मधेस प्रदेशको दोस्रो अधिवेशनमा प्रस्तुत कार्यपत्रमाथि विचार–विमर्शका क्रममा सहभागीले मधेसका विभिन्न भाषा, संस्कृति, कला र साहित्यको प्रवद्र्धनमा जोड दिएका हुन् । अधिवेशनको उद्घाटनसत्रमा उपप्राध्यापक किशोरकुमार साहले ‘मधेस प्रदेशमा उच्च शिक्षा’ र अर्का उपप्राध्यापक हिरालाल कर्णले ‘मधेस संस्कृति र सामाजिक रुपान्तरण’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनको शुभारम्भ गर्नुहुँदै नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले नेपालको सभ्यता विकासक्रमको मल्लकालमा मधेसको भाषा, साहित्य, कला, संस्कृति र अर्थशास्त्रले मुलुकको केन्द्रमै राम्रो स्थान ओगटेको बताउनुभयो । मल्लकालमा शासन व्यवस्थाका अङ्गहरु सुरक्षा र अर्थ विभागमा मधेसका विद्वानको अभिमत लिने गरिएको इतिहासले पुष्टि गरेको उहाँको भनाइ थियो ।

मल्लकालीन दरबारमा मैथिली भाषाका नाटक मञ्चन गरिने र कवि सम्मेलनमा मधेसका विद्वतवर्गको सहभागिता हुने गरेको विगतबाट शिक्षा लिन कार्यक्रमका सहभागीले जोड दिनुभएको थियो ।

उपप्राध्यापक साहको कार्यपत्रमा मधेसमा उच्च शिक्षामा गरिब, दलित र सीमान्तकृत जाति समुदायको पहुँच वृद्धिमा जोड दिइएको छ । त्यसैगरी अर्को ‘मधेश संस्कृति र सामाजिक रुपान्तरण’ विषयक कार्यपत्रमा मधेसको परिचय, भाषा, संस्कृतिको विविधता र रीतिथितिको परिचयात्मक प्रस्तुति गरिएको छ ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष प्राध्यापक डा वेदराज केसीले मुलुकका राजनीतिक परिवर्तनसँग जोडेर शिक्षा नीति परिमार्जन हुन नसकेको औँल्याउनुभयो । खासगरी मधेसको शिक्षाको अवस्था अत्यन्त चिन्ताजनक रहेको उल्लेख गर्दै अब समय सान्दर्भिक शिक्षा ऐनको आवश्यकतामाथि जोड दिनुभयो । स्वरोजगारमूलक व्यावसायिक शिक्षा अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीका अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । सङ्गठनले ‘पेशागत सुरक्षा र आत्मसम्मानको अधिकार, अनुसन्धानमूलक र गुणस्तरीय शिक्षा हाम्रो सरोकार’ भन्ने मूल नारा बनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर