नेपाली रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार पुष्प गजमेर काठमाडौँमा सम्मानित — OSNepal

नेपाली रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार पुष्प गजमेर काठमाडौँमा सम्मानित

LC (KTM) September 05, 2022 0

काठमाडौँ । गायक तथा संगीतकार पुष्प गजमेर गीत संगीतको क्षेत्रमा लागेको साडे २ दशक बढी भयो । बाल्यकालदेखिकै संगीत र गायनमा केही न केही नयाँ गरेर देखाउने हुटहुटीका कारण उनी अहिले संगीतमा नै रमाइरहेका छन् । आँफुले सिक्ने सिकाउने काम त छँदै छ अझ संगीतकै बिद्यालय खोलेर उनले अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा कमाल गरेका छन् ।

आफ्नै संगीत बिद्यालय हिमालयन आट्स लेगंगोवेज एण्ड कल्चरल एकेडेमी संचालन गरेर नेपाली बालबालीकालाई संगीत , नृत्य लगायतका सांस्कृतिक गतिबिधहरु ८ वर्षदेखि निरन्तर संचालन गर्दै आएका पुष्प १२ वर्ष अघि अमेरिका उड्दा आँफु् आजको यो स्थानसम्म पुग्छु भन्ने हेक्का थिएन उनलाई । उनी आँफु सिइओ र संगीत प्रशिक्षक रहेको हिमालयन आट्स लेगंगोवेज एण्ड कल्चरल एकेडेमीमा पुष्पका अलावा अन्य ७ जना शिक्षकहरु छन् । जसले नृत्य, पियानो, ड्रम, गितार, तबला, नेपाली भाषा, गायन इत्यादी विषयमा कक्षाहरु लिने गर्दछन् ।

रमाइलो कुरा त के छ भने उनको संगीत बिद्यालयमा अमेरिकन, नेपाल, भारती, बरमिज गरेर ४ देशका शिक्षकहरु रहेका छन् । १० वर्ष अघि अमेरिकामा के गर्ने होला भन्ने सोचेका पुष्प आज अमेरिकामा नै जमेर अमेरिकनहरुलाई नै काम दिइरहेका छन् । जुन कुरा नेपाल र नेपालीकै लागि गज्जबको पक्ष हो ।
अमेरिका पुगेपछि पनि उनको नेपाली भाषा, साहित्य र संगीतप्रतिको लगाव झन झन् बढ्दै गयो । र त उनका शृजनाहरु एकपछि अर्को गर्दै बजारमा आइरहेका छन् । र त उनको आवाजमा मेरो आवाजको, कहाँ छौ, मलाई त्यति माया, एउटा साथी लगायतका गीतहरु अहिले सुन्न पाइएको छ ।

दुई दशक बढी समय संगीतमा बिताएका उनै पुष्पको अतुलनिय योगदानको कदर गर्दै पुष्पलाई नेपाली रत्न सम्मान २०७९ ले सम्मानित गरिएको छ । प्रयास मञ्च नेपालले भव्य समारोहकाबिच भदौ ११ गते काठमाडौँमा सम्मान गरिएको हो । सो अवसरमा वुद्धवीर लामा एघारौँ गीतिमय साँझको अवसर पारेर कैयौँ स्रष्टाहरुलाई सम्मानित गरिएको थियो । जसमध्येमा पुष्प सबैको नजरमा परे ।

सो अवसरमा पुष्प र उनले अमेरिकामा संचालनमा ल्याएको आफ्नै संगीत बिद्यालय हिमालयन आट्स लेगंगोवेज एण्ड कल्चरल एकेडेमीले परवासमा रहेर पनि गीत संगीत , नृत्य लगायतका सांस्कृतिक गतिबिधहरुका माध्यमबाट अतुलनिय योगदान पुर्याएको भन्दै उनको मुक्त कण्ठले प्रशंसा गरिएको थियो ।

पुष्पले अमेरिकामा संगीत बिद्यालय हिमालयन आट्स लेगंगोवेज एण्ड कल्चरल एकेडेमीलाई अगाडी बढाउनुको राज खोल्दै भने मैले कुनै नाफामुलक हिसाबले यो स्कुल संचालनमा ल्याएको होइन । केवल नेपाली भाषा, संगीत र साहित्य, लगायतका गतिबिधिहरुलाई परवासमा रहँदा पनि निरन्तरना दिनुपर्छ, भावी पुस्ताले हाम्रो भाषा र नेपाली संगीत सिकुन्, निरन्तरता दिउन् भन्ने उदेश्य मेरो हो ।

पुष्प ६ वर्षदेखि ओहायोमा सरकारी कर्मचारीका रुपमा पनि कार्यरत छन् । उनी मेन्टल हेल्थ डिपार्टमेन्टमा काउन्सलरका रुपमा कार्यरत छन् । नेपालमा नै स्नातक सकेर अमेरिका पुगेका पुष्पले ब्ल्याकहक कलेज इलिनोई र ओहायो राज्यको एक्रोन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनले संगीतमा डिग्री हाँसिल गरेका छन् ।

१ महिना लामो बसार्इ लिएर नेपाल आएका पुष्प भन्छन् जहाँ गए पनि यो मन त नेपाली हो । नेपाली भाषी भुटानी अमेरिकी नागरिक पुष्पले अमेरिकामा नेपाली संगीतको श्रीबृद्धि गर्नमा अतुलनिय योगदान पुर्याएको चर्चा यतिबेला उनको स्थायी शहर एक्रोनमा मात्रै होइन, काठमाडौँमा मात्रै नभई संसारभर रहेका नेपालीहरु माझ सुरु भएको छ ।

पुष्पले १२ वर्षपछि नेपाल आएको मौकामा काठमाडौँमा आफ्ना गीतहरु रेकर्ड गराएका छन् । हालै ३ वटा गीतहरु रेकर्ड गराएका उनले सारेगम लिटल च्याम्समा पुगेका फाइनलिस्ट रोशन फुयाल, अविज्ञा घिमिरे र अदित्य विश्वकर्माको आवाजमा नयाँ गीत रेकर्ड गराएका छन् । उनका यी गीतमा अमेरिकामा रहेका पुष्का छोरा अमिरले पनि स्वर भरेका छन् ।

पुष्प झापाको बेलडांगी शिविर र पथरी शिविरमा रहेका भुटानी शरणार्थी बालबालिकाहरुका लागि सहयोगार्थ कार्यक्रम नै लिएर झापा पुगेका छन् । झापामा हिमालयन म्यूजिक एकेडेमी र भुटनिज आर्टिस्ट म्यूजिक एसोसियसन (बामा)सँग मिलेर पुष्पले गरिब, असहाय र निम्न बर्गीय बालबालिकाहरुका लागि निशुल्क संगीत र नृत्यका कक्षाहरु संचालनका लागि ब्यबस्था मिलाइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर