कर्णाली प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त — OSNepal

कर्णाली प्रदेशमा तीन नयाँ मन्त्री नियुक्त

LC (KTM) May 12, 2021 0

कर्णाली, २९ वैशाख- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उहाँले नयाँ मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित प्रदेशसभा सदस्य गोपाल शर्मा रहनुभएको छ । विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद, नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र शर्मालाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिइएको छ ।मुख्यमन्त्री शाहीसहित अब कर्णालीमा आठ मन्त्री रहनेछन् । नवनियुक्त मन्त्रीलाई बिहीबार ११ः०० बजे पद तथा गोपनीयताको शपथ गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर