कास्कीमा जेठ ७ गतेसम्मका लागी थपियो निषेधाज्ञा — OSNepal

कास्कीमा जेठ ७ गतेसम्मका लागी थपियो निषेधाज्ञा

LC (KTM) May 12, 2021 0

कास्की- कोभिड– १९ को संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।

कर्णाली सरकारमा तीन मन्त्री नियुक्त
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उहाँले नयाँ मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित प्रदेशसभा सदस्य गोपाल शर्मा रहनुभएको छ । विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद, नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र शर्मालाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री शाहीसहित अब कर्णालीमा आठ मन्त्री रहनेछन् । नवनियुक्त मन्त्रीलाई बिहीबार ११ः०० बजे पद तथा गोपनीयताको शपथ गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर