बलात्कारको आरोप लागेपछि सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ — OSNepal

बलात्कारको आरोप लागेपछि सन्दीपको निलम्बनबारे छलफल गर्दै क्रिकेट संघ

LC (KTM) September 07, 2022 0

काठमाडौं :

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेको निलम्बनबारे क्रिकेट संघ अनौपचारिक छलफलमा जुटेको छ । उन विरुद्ध बलात्कार उजुरी परेपछि उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल चलिरहेको बताइएको छ ।

क्यानका कानुनी सल्लाहकारले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको कानुनी व्यवस्थाबारे अध्ययन गरेपछि निष्कर्षमा पुग्ने बतायउको छ । आरोप लाग्नासाथ निलम्बन गर्ने वा दोषी प्रमाणित भएपछि मात्रै कारबाही गर्ने दुबै अभ्यास अन्तर्राष्ट्रिय स्तरमा देखिएको क्यान अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

आरोप लागिसकेपछि अनुसन्धानमा त सहयोग गर्नैपर्छ । तर जानीजानी  सन्दीपलाई मर्का पर्ने गरी निर्णय पनि गर्नु हुँदैन ।’ उनले भने । अहिले एक १७ वर्षकी बालिकाले बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर