सगरमाथा आरोहण उत्साहजनक : आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भए — OSNepal

सगरमाथा आरोहण उत्साहजनक : आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भए

LC (KTM) May 12, 2021 0

सोलुखुम्बु, २९ वैशाख- देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिनुभयो । हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

कोरोना सङ्क्रमण र मृत्यु दर उच्च
सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोनाको सङ्क्रमण र मृ त्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकामा चार हजार ३३१ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार एक हप्ताअघिसम्म रोगबाट मृ त्यु हुने १४५जना रहेकामा यस हप्तामा बढेर २५६ पुगेका छन् । मृ त्यु हुनेमा सबैभन्दा वढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन् ।सबैभन्दा बढी मङ्गलबार एकै दिन कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बैतडी र डडेल्धुराका, ३१ जनाको मृ त्यु भएको छ ।
(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर