‘स्न्यापच्याटबाट डेट बलात्कारपछि ब्लक’ — OSNepal

‘स्न्यापच्याटबाट डेट बलात्कारपछि ब्लक’

LC (KTM) September 08, 2022 0

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबर्जस्ती करणी (बलात्कार) को आरोप लागेको छ । १७ वर्षीया एक नाबालिका (किशोरी) माथि ब लात्का र भएको भन्दै उनका दाजुले नेपाल प्रहरीको प्रहरी वृत्त गौशालामा मंगलबार सन्दीपविरुद्ध जाहेरी दिएका छन् ।

ब लात्कारपीडित भनिएकी किशोरी स्याङ्जा आरुचौर गाउँपालिका घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिकास्थित एक होस्टेलमा बसेर अध्ययन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जाहेरीमा घटना भदौ ५ गते भएको भनिएको छ । उक्त दिन सन्दीपले बहिनीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाउन लगेको र राति काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक जबर्जस्ती करणी गरेको पीडित भनिएकी किशोरीका दाजुले दिएको जाहेरीमा उल्लेख छ ।

यसरी जाहेरी आएपछि प्रहरीले बुधबारदेखि नै अनुसन्धान थालेको छ ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर