सन्दिप प्रकरण : सन्दीपको करियर र देशकै प्रतिष्ठाको विषयलाई बिर्सेर नाबालिकाको जाहेरीको सूचना किन हतारमा चुहाइयो — OSNepal

सन्दिप प्रकरण : सन्दीपको करियर र देशकै प्रतिष्ठाको विषयलाई बिर्सेर नाबालिकाको जाहेरीको सूचना किन हतारमा चुहाइयो

LC (KTM) September 08, 2022 0

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका क र णी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ क्यानले भने निकै पाको निर्णय गर्दै सावधानी अपनाएको छ ।

हतारमा नेपाल प्रहरीले जसरी जाहेरी परेको कुरा सन्दीपलाई लागेको आरोप पुष्टि नहुँदै बाहिर ल्याईरहँदा सन्दीपको करियर, अन्तराष्ट्रिय बजारमा समेत पर्न सक्ने असरलाई हेक्का नखाख्दा यसको नकारात्मक असर मुलुकलाई पनि पर्न सक्ने कुरमा चुकेका बेला क्यानले भने सन्दीपको बारेमा तत्कालै प्रतिक्रिया नजनाउँदै पाको निर्णय गरेको छ ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बताए ।

“सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ”क्यान अध्यक्ष चन्दले भने । चन्दलेकानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने बालिकाले सन्दीपलार्य योजनाद्ध रुपमा फसाएकी त होइनन् भन्ने आशंकाकाबिच प्रहरीले सुक्ष्इम रुपमा अनुसन्धान थालीरहेको हुँदा क्यानले निकै संयमता अपनाउँदै पकाको काम गरकेो छ ।

यसैबिच सन्दीपले लामिछानेले आफू निर्दोष भएको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । हाल क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको समेत जानकारी दिए । ‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने । सन्दिपले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह समेत गरेको उनले बताए । एक १७ वर्षीया बालिकाले जबरजस्ती लामिछाने आफुमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर