कार्गो कम्प्लेसको आयात गोदामबाट चोरी भएको ८ थान ल्यापटपसहित बिष्णु अधिकारी पक्राउ — OSNepal

कार्गो कम्प्लेसको आयात गोदामबाट चोरी भएको ८ थान ल्यापटपसहित बिष्णु अधिकारी पक्राउ

LC (KTM) June 24, 2021 0

काठमाडौं १० असार । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २ घर भएका बिष्णु अधिकारी रहेको प्ररहीले जनाएको छ ।

विभिन्न समयमा नेपाल पारवहन तथा गोदाम व्यबस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थल शाखा कार्यालयले सञ्चालनमा ल्याएको कार्गो कम्प्लेसको आयात गोदामबाट १३ थान ल्यापटप चोरी भएको प्रहरीकोमा उजुरी परेपछि सोही उजुरीको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले विमानस्थल कार्यालयको सहयोगमा ल्यापटप सहित अधिकारीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ८ थान ल्यापटप र २ थान चार्जर बरामत गरेको छ ।

पक्राउ परेका अधिकारी माथि चोरी सम्बन्धी कसूरमा मुद्धा चलाएर थप कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर