कोहलीको सतकमा अफगानिस्तानमाथी भारतको सहज जित — OSNepal

कोहलीको सतकमा अफगानिस्तानमाथी भारतको सहज जित

LC (KTM) September 09, 2022 0

काठमाडौं, २४ भदौ –

पूर्व कप्तान बिराट कोहलीको सतक मद्दतमा एसिया कप क्रिकेटको सुपर चारमा भारतले अफगानिस्तानलाई १ सय एक रनले पराजित गरेको छ ।

दुबईमा बिहीबार राति भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रनमा समेटियो । अफगानिस्तानका इब्राहिम जाड्रनले सर्वाधिक ६४ रन बनाए । भारतका भुवनेश्वर कुमारले मात्र ४ रन खर्चिएर ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाउदै २ सय १२ रनको विशाल योगदान बनाएको थियो । भारतका बिराट कोहलीले अविजित १ सय १२ रन बनाए । उनको करियरको ७१ औं शतक हो । त्यस्तै, कप्तान केएल राहुलले सर्वाधिक ६२ रन बनाए ।

एसिया कपको फाइनलमा भने पाकिस्तान र श्रीलंका पुगेका छन् । फाइनल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर